हाउलर्स फाइनलमा

IMG-20230813-WA0313.jpg

सिङताम: गोलीटार खेल मैदानमा स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको दोस्रो सेमीफाइनल म्याच हाउलर्स स्पोर्टिङ क्लब अनि मासा एफसी बीच भयो। यस म्याचमा मासा एफसीको १ गोलको विरुद्ध ३ गोल लगाएर हाउलर्स स्पोर्टिङ क्लब विजयी बन्दै फाइनलमा प्रवेश गर्न सफल बनेको छ। विजयी दलका खेलाड़ी अभिषेक कालिकोटेलाई उत्कृष्ट खेलाड़ी घोषित गरियो। यसअघि महेश्वर मिश्र अन्तर विद्यालय फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल म्याच सिङ्ताम स्कूल अनि माउन्ट जिओन किड्जी स्कूलबीच सम्पन्न भयो। यसमा सिङ्ताम विजयी भयो। दुवै फुटबल टुर्नामेन्टको फाइनल आगामी १५ अगस्त २०२३ स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न गरिने छ। स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको फाइनल एवाईसी आदर्श गाउँ अनि हाउलर्स स्पोर्टिङ क्लब बीच सम्पन्न हुनेछ। यसमा विजेता दललाई नगद पुरस्कार १,५०,००० एवं ट्रफी प्रदान गरिनेछ भने उपविजेता दललाई नगद पुरस्कार १,००,००० ट्रफी प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement