गजबकै एसी हेलमेटको विशेषता यस्तो छ…

00-1-AC-Helmet

अहमदाबाद: ट्राफिक पुलिसहरूको फरक-फरक हेलमेट देखेर अचम्म नमान्नुहोस्। यदि सबै कुरा ठीक भयो भने, अहमदाबादको सडकमा सबै ट्राफिक पुलिस कर्मचारीहरूले आउँदो गर्मीमा यसरी हेलमेट लगाएर ट्राफिक प्रणालीलाई सम्हाल्नेछन्। आईपीएस विकास सहायलाई प्रदेशको पुलिस महानिर्देशक बनाएपछि पुलिसको सुविधाका लागि धेरै पहल भइरहेको छ। यस अन्तर्गत अहमदाबाद पुलिसले पाइलट प्रोजेक्टको रूपमा एसी हेल्मेटको परीक्षण शुरु गरेको छ। यसअन्तर्गत शहरका विभिन्न तीन स्थानमा एक–एक जना पुलिसलाई एसी हेल्मेट दिइएको छ। जसले उनीहरुलाई गर्मीबाट राहत दिनेछ। गर्मीमा अहमदाबादमा पारा ५० डिग्रीको नजिक पुग्छ। यस्तो अवस्थामा पुलिस अधिकारीहरू यी एसी हेल्मेटको परीक्षण सफल भएमा अग्रपङ्क्तिमा तैनाथ पुलिसलाई नै यी हेल्मेट दिइनुपर्छ भन्ने प्रयासमा छन्।

अहमदाबादका तीन पुलिसलाई दिइएको एसी हेल्मेटले दोहोरो सुरक्षा दिनेछ। यसले पुलिसलाई प्रदुषणसँगै गर्मीबाट पनि बचाउनेछ। यसमा रहेको ब्याट्रीको ब्याकअप पनि राम्रो छ। अगाडि एउटा ग्लास छ। जसले घाम, धुलो र सफा दृष्टि राख्न मद्दत गर्नेछ। यो हेल्मेटको बिशेषता यो हो कि यसको माथि ब्याट्री लगाइएको छैन, बरु यो हेलमेटलाई तार मार्फत ब्याट्रीमा जोडिनेछ। यो ब्याट्री पुलिसको कम्मर नजिक हुनेछ। जसका कारण पुलिसलाई आफ्नो काम गर्न कुनै समस्या नपर्ने र टाउकोमा बोझ पनि नपर्ने भएको छ। यसमा एउटा सानो फ्यान छ जसले शरीरमा हावा उडाउँछ। यसबाट पुलिसलाई पसिनाबाट राहत मिल्नेछ र तातो लाग्दैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *