भागोप्रमो खरसाङ महकुमा समितिको आपदा प्रबन्धन समितिद्वारा पैह्रोगस्त क्षेत्रको निरीक्षण

IMG-20220706-WA0144.jpg

खरसाङ: प्राकृतिक प्रकोपमा परेकाहरूलाई सहयोग गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा आपदा प्रबन्धन समिति गठन गरिएको छ। उक्त समितिले आज खरसाङको गिध्द पहाड़ क्षेत्रमा भ्रमण गरेका छन्। केही दिन अघि प्राकृतिक प्रकोपबाट जनसाधारणलाई बचाउन अनि सहयोग गर्नलाई गठित आपदा प्रबन्धन समितिको संयोजक पेमेन्द्र गुरुङ, भक्तिमान तामाङ, बलराम छेत्री, प्रचार प्रसार दिपेन्द्र सेवा, युवा शक्तिको प्रचार प्रसार रोशनहाङ सुब्बा, गिध्द पहाड़ खण्डको सचिव रुपेन छेत्री आदिले गिध्द पहाड़को पैह्रो ग्रस्त क्षेत्रको भ्रमण गरेर जानकारी लिएका छन्। उक्त टोलीलाई गिध्द पहाड़ क्षेत्रबाट फोन गरेर बोलाए अनुसार पार्टीको पक्षबाट गठित खरसाङ महकुमा स्तरीय अापदा प्रबन्धन समितिको प्रतिनिधिहरू उक्त क्षेत्रमा पुगेका थिए। उक्त टिमले गिध्द पहाड़मा नेताजी म्यूजियम वरिपरिका गाउँहरूमा भ्रमण गरी त्यहाँ पैह्रो जाने सम्भावना रहेको र घरहरू दबिएको र पैह्रो क्षेत्र चिन्हित गरी सम्बन्धित विभाग, जीटीए र पार्टीगत रूपमा सहयोग गर्नलाई तत्पर रहने बताइएको छ। यस विषयमा खरसाङ महकुमा स्तरीय आपदा प्रबन्धन समितिको पक्षबाट भक्तिमान तामाङले पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पक्षबाट खरसाङ क्षेत्रका जनतालाई प्राकृतिक प्रकोपबाट बचाउन अनि सहयोग प्रदान गर्नलाई आपदा प्रबन्धन समिति गठन गरेका छौं। यही समितिलाई गिध्द पहाड़ क्षेत्रबाट फोन गरेर बोलाए अनुसार हामी पुगेर निरीक्षण गरेको बताएका छन् । उनले हामी विभागीय पक्षबाट होइन तर पार्टीगत पक्षबाट रहेको र हामी प्राकृतिक प्रकोपमा परेकाहरूलाई बचाउन र सहयोग प्रदान गर्न तयार रहेको बताउँदै हामी सम्बन्धित विभागबाट, जीटीएबाट सहयोग गर्नलाई पहल गर्ने अनि पार्टीको पक्षमा पनि सहयोग गर्नलाई तत्पर रहेको बताएका छन् । तामाङले हामी खरसाङ क्षेत्रको जनताको सहयोगको लागि २४ घण्टा नै तयार रहेको र कसैलाई कुनै आपदा आई परे हामीसित सम्पर्क गर्न सक्ने हामी तत्कालै सहयोग गर्नलाई तयार रहेको बताएका छन् । उल्लेख्य छ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले प्राकृतिक आपदामा परेकाहरूलाई सहयोग गर्नलाई खरसाङ महकुमा स्तरीय अापदा प्रबन्धन समिति गठन गरेका छन् र यदि कसैलाई कुनै आपदा आई परेको खण्डमा पेमेन्द्र गुरुङ, बलराम छेत्री, भक्तिमान तामाङ, नेल्सन प्रधान आदिसित सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement