सिक्किम पुलिस छोग्याल सर टाशी नामग्याल मेमोरियल कपको फाइनलमा

IMG-20230814-WA0000.jpg

गान्तोकः छोग्याल सर टाशी नामग्याल मेमोरियल कपको उपाधिको निम्ति सिक्किम पुलिस एकादश र मिजोरमको ख्वाज्वल एफसीबिच आगामी स्वतन्त्रता दिवसमा भिडन्त हुनेछ। राजधानीको पाल्जोर स्टेडियममा जारी स्वतन्त्रता दिवस कपको दोस्रो सेमिफाइनलमा सिक्किम पुलिस एकादशले प्रतिद्वन्दी सिक्किम हिमालयन एससीलाई २-० गोलले पराजित गऱ्यो।

सिक्किम पुलिस एकादशका गोलकिपर पूजन प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो। आज एसकेएम पार्टीका प्रवक्ता दिले नामग्याल बर्फुङ्गपा मुख्य अतिथि थिए। यसैगरी, आयोजक सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पा तथा पदाधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement