आईटीबीपीको १३औं वाहिनीद्वारा तिरंगा वाहन ऱ्याली निकालियो

si-7

गान्तोकः आजादीको अमृत महोत्सवको अवसरमा आईटीबीपीको १३औं वाहिनीका जवानहरूले आज आफ्नो परिसरमा मेरी माटी मेरा देश कार्यक्रम अन्तर्गत देशको एकतालाई कायम राख्न पञ्च प्रण शपत लिए। यसैगरी, हर घर तिरंगा कार्यक्रम अन्तर्गत जवानहरूले मेन्डुल, रांका र सामा सेवक गाउॅंमा तिरंगा वाहन ऱ्याली निकाले।

आईटीबीपीको १३औं वाहिनीका उप सेनानी प्रशान्त सिन्हाको अगुवाईमा वाहिनीका अधिकारीहरू र जवानहरूले भाग लिए। ऱ्याली आयोजन गर्नुको उद्देश्य क्षेत्रका मानिसहरूमा राष्ट्रिय ध्वजको संहिता र महत्वको बारेमा जागरूक गर्नु रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अवसरमा उप सेनानीको उपस्थितिमा स्थानीय मानिसहरू र ग्रामीणहरूलाई राष्ट्रिय ध्वज वितरण गरेर १३ अगस्तदेखि १५ अगस्तसम्म आफ्नो घरमा लगाउन आह्वान गरिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *