सिलगढी: खुट्टी पुजा गरेर विभिन्न संघ संस्थाले दुर्गा पूजाको तयारी शुरु गरिसकेको छ। आज सिलगढीको देशबन्धुपाडामास्थित सुव्रत संघले पनि आज खुट्टी पुजा गरेर दुर्गा पूजाको तयारी शुरु गरे। यो संघले यस वर्ष दुर्गा पुजा लगाएर ६५ वर्षमा प्रवेश गरिरहेको छ।यस वर्षको पुजाको थिम सोबुच कङ्क्रिट रहेको पनि संघका सदस्यले जानकारी दिएका छन्।यस वर्ष हुने दुर्गा पुजामा सम्पुर्ण भक्तजनलाई उपस्थिति दिने आह्वान संघका सदस्य भाष्कार बिश्वासले गरेका छन्।