पाकिमः राज्यका विधानसभा अध्यक्ष अरुण उप्रेतीले हिजो पाकिम जिल्लाअन्तर्गत पदम्चे वरिष्ठ माध्यमिक विद्यालयमा २६ जुलाईदेखि शुरु गरिएको नन्दमणि स्मृति खुल्ला फुटबल प्रतियोगितामा सहभागिता जनाए। यस कार्यक्रममा अन्य पछौटे वर्ग आयोगकी अध्यक्ष पवित्र भण्डारी अनि संस्कृति विभागका ओएसडी भवानी घिमिरे विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा खेलाड़ी र विद्यार्थीलाई मञ्च उपलब्ध गराउन आयोजक समितिले गरेको प्रयासको विधानसभा अध्यक्ष उप्रेतीले खुलेर प्रशंसा गरे। यस अवधि एनजेसी साम्के अनि एयरपोर्ट ७-माझ सम्पन्न चौथो क्वाटर फाइनल खेलमा एनजेसी साम्केले १ गोलको विरुद्ध ३ गोल लगाएर जीत हासिल गऱ्यो। यसरी नै जेकेएस पदम्चे अनि कमेरे फुटबल क्लबमाझ पहिलो सेमिफाइनल सम्पन्न भयो।









