मंगनः “आजादी का अमृत महोत्सव“ कार्यक्रमअन्तर्गत केन्द्र सरकारले “हर घर तिरंगा“ अभियान २.० आयोजना गरिरहेको छ। यसमा सबै नागरिकहरूलाई घर-घरमा राष्ट्रिय झण्डा फहराउन प्रोत्साहित गरिएको छ।
यसै क्रममा मंगन खण्ड प्रशासनिक केन्द्रले आफ्नो सबै सातवटा ग्राम पञ्चायतमा यो अभियान शुरु गरेको छ। यस अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रद्वारा ग्राम पञ्चायतहरूमा रहेका घरहरूमा राष्ट्रिय झण्डा वितरण कार्य गरियो। १३ अगस्तदेखि शुरु भएर यो उत्सव १५ अगस्तसम्म पालन गरिनेछ।









