दार्जिलिङ: दार्जिलिङका भाजपा विधायक निरज जिम्बाको विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत जन कल्याणकारी योजनाहरु तीब्र गतिमा सम्पन्न भइरहेको जनाइएको छ। यसै क्रममा घुम जोरबङ्लो समष्टि अन्तर्गत जोरबङ्लो डाईरी ग्राम कल्याणकारी समिति डाईरी समाजको निम्ति भान्सा घर निर्माण कार्य सम्पन्न भएको छ। समाजका सचिव बन्दन तामाङले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै भने, हाम्रो समाजको निम्ति भान्सा घरको अति नै खाँचो थियो। हामीले सम्बन्धित विभाग साथै जीटीएमा पनि धेरै पटक ज्ञापन पत्र समेत चडाएका थियौं। तर कुनै पनि कार्वाही नभएपछि दार्जीलिङ विधान सभा क्षेत्रका विधायक निरज जिम्बालाई बिन्ती गर्दै ज्ञापन पत्र बुझाएका थियौं। विधायक निरज जिम्बाले हाम्रो समाजको दु:खेसोलाई बुझ्दै समाज घरको निम्ति भान्सा घर बनाइदिने वचनलाई पूरा गरेका छन्।

आज विधिपूर्वक उक्त भान्सा घरको एक बुजुर्गद्वारा उट्घाटन गरिएको छ। यसको निम्ति समाजको तर्फबाट विधायक निरज जिम्बाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छौ साथै उनको सुस्वस्थ्य अनि दीर्घायुको कामना गर्दछौं।” उनले थप जानकारी गराउँदै भने, यो योजना विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत वर्ष २०२१-२२ को स्थानीय विधायक क्षेत्र विकास योजना कोषमार्फत जोरबङ्लो सुकिया पोखरी खण्ड विकास क्षेत्राधिकार अन्तर्गत ३,९९,८५२.६२ अनुमानित राशिमा निर्माण भएको बन्दन तामाङले थप जानकारी दिएका छन्।









