सिलगढ़ीः भारत सरकारको संस्कृति मन्त्रालयले आजादीको अमृत महोत्सवको अवसरमा आइतवार सिलगढ़ीमा ‘रन फर भारत’ नाम गरेको १० किमी मेराथनको आयोजन गऱ्यो। जसमा सैकड़ौंको संख्यामा महिला र पुरूष धावकहरू दौड़े। रन फर भारत दौड़को शुरूआत उत्तर बंगाल विश्वविद्यालयबाट शुरू भयो, जुन सालबाड़ी वनवासी कल्याण आश्रममा पुगेर समाप्त भयो।

जसमा पुरूष वर्गमा बिकाश भूजेल र महिला वर्गमा अनिशा मुण्डा पहिलो स्थानमा रहे। ओलम्पियन एवं अर्जुन अवार्डले सम्मानित कविता राउत र इन्स्टीट्यूट अफ सोशल एण्ड कल्चरल स्टडीजका डायरेक्टर अरिन्दम मुखर्जीले विजेताहरूलाई सम्मानित गरे।









