गदर-२ बक्स अफिसमा गजबकै ओपनिङ

00-1-Gadar-2

मुम्बई: सन्नी देओल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा बम्पर कमाई गरेको छ। फिल्मले पहिलो दिन ४० करोड कमाएको थियो। पठानपछि गदर–२ यो वर्षको दोस्रो ठूलो ओपनिङ फिल्म बनेको छ। पठानले एक दिनमा ५७ करोड कमाए। फिल्मलाई लिएर दर्शकमा जुन क्रेज थियो, त्यही अनुसार फिल्मले कमाइ पनि गरेको थियो। भोलि अर्थात आइतबार फिल्मको कमाई अझै बढ्न सक्छ। अर्कोतर्फ, ओएमजी-२ ले पहिलो दिन १०.२६ करोड रुपियाँ संकलन गरेको छ। दर्शक र समीक्षकले पनि ओएमजी–२ लाई धेरै मन पराइरहेका छन्, तर गदर–२ कमाईको हिसाबले निकै अगाडि छ। अर्कोतर्फ रजनीकान्तको फिल्म जेलरले दुई दिनमा ७५.३५ करोड कमाएको छ।

गदर–२ को पहिलो दिन २ लाख ७४ हजार टिकट बिक्री भएको छ। अग्रिम बुकिङका हिसाबले पठानपछि यो दोस्रो ठूलो फिल्म बनेको छ। फिल्मले ३० करोडभन्दा बढीको ओपनिङ लिने अनुमान यसअघि नै गरिएको थियो। गदरले बक्स अफिसमा कस्तो प्रदर्शन गर्यो, सबैलाई थाहा छ। यो फिल्म अहिले पनि जनताको मनमा छ। सायद यही कारणले गर्दा यसको दोस्रो पार्टको यति धेरै क्रेज देखिएको छ। यो सनी देओलको कारणले होइन, तर गदरको विरासतले गर्दा फिल्मले यति ठूलो ओपनिङ लिन सफल भएको छ। सन्नी देओलका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा २०२२ मा रिलिज भएको फिल्म ‘चुप’ ले ३ करोडको ओपनिङ गरेको थियो भने लाइफटाइम कलेक्सन ९.७५ करोड थियो।

यस अनुसार गदर–२ को पहिलो दिनको सङ्कलन योभन्दा झण्डै ४०० प्रतिशत बढी हो। सन् २०१९ मा रिलिज भएको फिल्म ‘पल पल दिल के पास’ले समग्रमा ७.९५ करोडको कलेक्सन गरेको थियो। सन् २०१६ मा रिलिज भएको अर्को सिक्वेल फिल्म ‘घायल–वन्स अगेन’ले ७.२० करोड ओपनिङ गरेको थियो। फिल्मको लाइफटाइम कलेक्सन ३५.७ करोड थियो। यो फिल्म पनि फ्लप भयो।

About Author

Advertisement