दलसिंहपाडा रणबहादुर बस्तीमा हात्तीको तण्डव घर क्षतिग्रस्त

3d77400d-45ff-4c4a-a30a-3ff722be6ee7


दलसिंहपाडाः कालचिनी प्रखण्ड अन्तर्गत दलसिंहपाडास्थित रणबहादुर बस्तीमा शनिबार राती लगभग तीन-चार बजेतिर पदम मंगरको घर हात्तीले क्षतिग्रस्त पारीदिएको समाचार प्राप्त भएको छ। घर भत्काएर हात्तीले रासन सामग्री सबै खाईदिएको र तेल, ग्यास चुल्हा, भाँडा–कुडा, लुगा-फाटा सबै तहस नहस पारिदिएको परिवार सदस्यहरूले जनाएका छन्। रातको समय रहेको हुँदा गाउँलेलाई गुहार लगाउँदा पनि गुहार नपाएपछि परिवारले भागेर ज्यान जोगाउन सफल भएको मंगर परिवारले जनाएका छन्।


प्रायः सँधै जसो राती जंगली हात्तीको उत्पातले गाउँलेहरू हैरान भएको र कहिले बासरा पारीबाट त कहिले तोर्षा वारीबाट हात्तीको अनुप्रवेशले गाउँको खेतीपाती र घरहरू क्षतिग्रस्त भईरहेको अवस्थामा बन विभागले कुनै ध्यान नदिएको आरोप पनि गाउँलेहरूले लगाएका छन्।

गाउँमा बन विभागबाट विद्युत बारको व्यवस्था भए कम-से-कम हात्तीको उत्पातमा कमी आउने थियो तर यसको व्यवस्था बन विभागले नगरेको गाउँका पञ्चायत सदस्य कान्छा लामाले जनाएका छन्। यता गाउँले युवा मिलन छेत्रीले आफूहरू गाउँले युवाहरू मिलेर टुङ्ग बनाएर हात्ती धपाउने काम गरिरहेको तर यसमा बन विभागले कुनै सहयोग नगरेको गुनासो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement