एसएसबी ५३ वाहिनीद्वारा हर घर तिरङ्गा कार्यक्रम पालन

109aebbb-aa62-431c-a695-22a3ab111954

कालचिनीः आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरङ्गा अनि मेरो माटो मेरो देश कार्यक्रम सम्पन्न गर्ने क्रममा आइतबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयमा भव्य कार्यक्रम सम्पन्न भएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्।


उक्त अवसरमा मुख्यालयको कमान्डेन्ट विजय सिंह लगायत द्वितीय कमान अधिकारी धीरज कुमार, उपकमान्डेन्ट ललेन्द्र रत्नाकर, दिलीपकुमार सरकार, हर्ष सिन्हाको मुख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वन्दन कार्यक्रम अन्तर्गत फालाकाटा खण्डको शिवनाथपुर गाउँको माटो अमृत कलशमा भर्ने कार्य गरिएको र यसलाई राजधानी दिल्लीमा अमृत वाटिका निर्माणको निम्ति पठाइने बताईएको छ।

वसुधा वन्दन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको र हर घर तिरङ्गा कार्यक्रम अन्तर्गत तिरङ्गा ऱ्याली पनि निकालिएको थियो। आगामी आजदेखि आगामी १५ अगस्तसम्म घर घरमा तिरङ्गा झण्डा फहराउन सचेतना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement