खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको सभा घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता घैयाबारी शाखाको सभापति मणिकुमार खातिले गरेका थिए भने सञ्चालन बिपन विश्वकर्मले गरेका थिए। सभामा स्वागत सम्भाषण घैयाबारी शाखाका सचिव रुपेस गदालले राखेका थिए। सभामा अखिल भारतीय नेपाली अनुसुचित जाति संघ खरसाङ महकुमा समितिका सचिव प्रणय रोका, उप-सभापति सुष्मा सिंह, प्रकाश सेवा, केन्दीय समितिका उप-सभापति सुरज नौवाग, प्रचार प्रसार सचिव दिपेन सेवाको विषेश उपस्थिति रहेको थियो। सभामा विशेष गरी महकुमा समितिले खरसाङ क्षेत्रमा शाखा पसौं अभियान विगत ६ अगस्तदेखि शुरु गरेका छन् भने आज उक्त अभियान घैयाारीमा सम्पन्न भयो। यो शाखा पसौं अभियान अनुसुचित जातिकाहरुलाई जोड्न अनि अब आउँदो दिनहरुमा अनुसुचित जातिले सरकारमार्फत् पाउने सहुलियतहरूका निम्ति संगठनले काम गर्नेछन्।

सभामा वक्ताहरूले अब जति पनि नेपाली अनुसूचित जातिको ब्याक लक रहेको कोटाहरु छन् अनि जहाँ -जहाँ कोटाहरूमा फेरबदल भएको छन् ती सबै विषयहरुमा अब संगठनले टिम बनाएर रणनीति तयार गरेर पढेर बसेका शिक्षित जमातहरुलाई आफ्नो अधिकार दिलाउने काम हामी गर्नेछौं भनी बताएका छन्। त्यसरी नै आगमी दिनहरुमा संगठनले धेरै कामहरु गर्ने छन्। यसको साथै आगमी १० सेप्टेम्बरमा दार्जिलिङ गोर्खा रंगमञ्च भवन अगाडि संविधान निर्माता डा० भीमराव अम्बेदकरको सालिग स्थापना कार्यक्रममा सबै अनुसुचित जाति परिवारहरूले भव्य रुपमा सहभागिता गरिदिने आह्वान् पनि आजको सभामा वक्ताहरुले गरेका छन्। सभामा महकुमा समितिका सचिव प्रणय रोका, उप- सभापति सुष्मा सिहं, मिडिया प्रभारी दिपेन सेवा, घैयाबारी शाखाका सभापति मणिकुमार खाति, सचिव रूपेश गदालले वक्तव्य राखेका थिए।

सभापछि पत्रकाहरूसित कुराकानी गर्दै भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सह सचिव बिपन विश्वकर्मले भारतीय नेपाली अनुसूचित जातिकाहरूलाई जोगाउन शाखा पसौं अभियान अन्तर्गत आज घैयाबारीमा सभा सम्पन्न भएको बताएका छन्। उनले संगठनले गत ६ अगस्तदेखि शाखा पसौं अभियान अागामी दिनमा महानदी साथै खरसाङ महकुमा अन्तर्गत सबै शाखातिर गएर सभा गर्ने तथा सबैलाई जगाउन काम गरिने बताए। उनले अनिसूचित जातिको हक र अधिकारको लागि काम गर्ने बताउँदै सबैलाई संगठित रूपमा एक भएर अघि बढ्ने आह्वान् पनि गरेका छन्।









