हर्ली कपः १०७ टेरिटोरियल आर्मी (टीए) फाइनलमा

photocollage_202381318938703.jpg

१३ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा १०६ टेरिटोरियल आर्मी (टीए)-ले फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा १०७ टीए-ले दार्जीलिङ डायनामोलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रकाश रोयले गरे। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement