तीनधारेमुनि चुनभट्टीमा पैह्रो गएर केही घण्टा एनएच ५५ बाधित

IMG-20230813-WA0219.jpg

दिउँसो गाड़ी सुचारू भए पनि पैह्रो जाने क्रम जारी

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि केही मुनि रहेको चुनभट्टी क्षेत्रमा पैह्रो गएर एनएच ५५ बाधित बनेको छ। बिहान १० बजेतिर गएकोले पैह्रोले एनएच लगभग २-३ घण्टा बाधित बनेको थियो। चुनभट्टीदेखि तीनधारे निस्कने ओल्ड मिलिटेरी रोड ठीक मुनिदेखि गएको पैह्रोले एनएच ५५ बाधित बनेको थियो। उक्त पैह्रोले रुखहरू र बाँस सबै सोहोरेर रोड लगेपछि साथै एउटा ठूलो रुख लडेर रोड र रेलको लिगमाथि झरेको छ।

उक्त रुखले रोड साथै रेललाई पनि बाधा दिएको भए पनि दिउँसो ढलेको रूख र पैह्रो हटाएर गाड़ी कुद्न सक्ने बनाइएको छ। उक्त पैह्रो गएपछि घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा लगायत स्थानीय एनएच ५५ पञ्चकिल्ला ठेकेदार वेलफेयर संगठन चुनभट्टी रंगटङ्गको सदस्यहरूले खटेर एनएच ५५ खोलाउन सक्षम भएको बताइएको छ। यसको साथै तीनधारे पुलिस आउट पोष्टको पुलिस प्रशासन आएर गाड़ी सुचारू गर्नलाई सहयोग गरिएको थियो। उक्त पैह्रो निरीक्षणको लागि घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्य साजन दर्जी उपस्थित रहेका थिए।

चुनभट्टीको पैह्रोले २-३ घण्टा पैह्रो वारि र पारि गाड़ीहरू लाइन लागेको थियो। तर लगातार रूपमा पैह्रो सफा गर्ने कार्य गरेपछि दिउँसो १२.३० देखि १ बजेतिर पैह्रो सफा गरेर गाड़ीहरू कुदाउन सफल भएको छ। ढलेको रूख काटेर फ्याँकेपछि रेल पनि सुचारू भएको छ। रेल आउनु अघि नै रूख काटेर सफा गरेपछि रेल सुचारू गरिएको छ। एनएच ५५ मा रहेको चुनभट्टीमा पैह्रो सफा गरेर बाटो सुचारू गरिए पनि पैह्रो भने अझैं निरन्तर गईरहेको छ। पैह्रोबाट माटो, ढुङ्गा झर्ने क्रम जारी रहेको छ। लगातार रूपमा पानी परिरहेको खण्डमा पैह्रो अझ ठूलो बढ्ने सम्भावना देखिएको छ भने उक्त पैह्रो बढ्दै गएको खण्डमा चुनभट्टीदेखि तीनधारे निस्कने ओल्ड मिलिटेरी रोड पनि पैह्रोले तान्ने सम्भावना देखिएको छ। यस पैह्रोको निरीक्षण गर्नलाई एनएच ५५ को एई र एसएई दुवैले पैह्रोको निरीक्षण गरेका छन्।

यस पैह्रो विषयमा स्थानीय रुद्रनारायण प्रधानले बिहान गएको पैह्रोले केही घण्टा सड़क वाधित बनेपछि सबैको सहयोगमा खोलिएको बताउँदै यो पैह्रोबाट अहिलेलाई गाड़ी कुद्ने मात्र बनाइएको र यो पैह्रो अझैं जानसक्छ भनी बताएका छन्।

घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले पत्रकारहरूसित कुराकानी गर्दै बिहान १० बजेको समयमा चुनभट्टीमा पैह्रो गएर एनएच ५५ २-३ घण्टा बाधित बनेको थियो तर सबै मिलेर पैह्रो सफा गरेर गाड़ी कुदाउन सक्ने बनाइएको बताए। उनले पैह्रो जाने बित्तिकै पैह्रो क्षेत्रमा गएर यस पैह्रोको रिपोर्ट एनएचका अधिकारीहरू, क्षेत्रीय सभासद आदिलाई जानकारी गराइएको बताए। उनले पैह्रो अहिले पनि पूरा सफा नगरिएको र अहिले पनि यो पैह्रो अझैं आउन सक्ने सम्भावना छ कारण अझैं पनि पैह्रो झरिरहेको छ। त्यसैले चालकहरूलाई यस पैह्रोबाट गाड़ी कुदाउँदा होसियार रहनु पर्ने र होसियारसित गाड़ी कुदाई दिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement