१३ अगस्तः दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको दममा अल-नस्रले पहिलोपल्ट अरब क्लब च्याम्पियन्स कपको खिताब जित्यो। ठूलो मौकाहरूमा सदा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेर अलग पहिचान बनाउने रोनाल्डोले यसपाली पनि आफ्ना प्रशंसकहरूलाई निराश गरेनन् अनि केवल २४ मिनटमा २ गोल गरी आफ्नो क्लबलाई खिताब दिलाए।

शनिवार राति खेलिएको फाइनलमा अल नस्रले अल-हिलाललाई २-१-ले पराजित गऱ्यो। म्याचमा एक समय अल-नस्र एक गोलले पछि रहेको थियो। त्यहीमाथि टीमका दुईजना खेलाड़ीले रेड कार्ड देख्दा टीम चरम संकटमा फसेको थियो। यस्तो परिस्थितिमा ३८ वर्षीय रोनाल्डोले ७४औं र ९८औं मिनटमा २ गोल गरी अल-नस्रलाई ट्रफी दिलाए। म्याचको अन्तिम क्षणमा रोनाल्डो चोटले गर्दा मैदान छोड़्न वाध्य भए तर त्यस समय अल-नस्रको जीत सुनिश्चित भइसकेको थियो। रोनाल्डोले टुर्नामेण्टमा सर्वाधिक ६ गोल गरी गोल्डन बूट पनि जिते।

यस पुरस्कारलाई जित्ने उनी अल-नस्रका पहिलो खेलाड़ी हुन्। म्याचमा अल-हिलालबाट माइकलले ५१औं मिनटमा गोल गरे। रोनाल्डोले चोटले गर्दा ११५औं मिनटमा मैदान छोड़े। उनको चोट कतिको गम्भीर छ भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन तर सोमवार नयाँ सीजनको पहिलो म्याचमा अल-एत्तिफाक विरुद्ध चाहिँ उनी अनिश्चित बन्न पुगेका छन्।











