कोलकातामा स्वतन्त्रता दिवसको लागि हुनेछ विशेष व्यवस्था

00-1-Red-Road-Kokata-copy

कोलकाता: यस वर्षको स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै महानगरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। १५ अगस्तमा कोलकाताको रेड रोडमा करिब २ हजार पुलिस परिचालन गरिने भएको छ। सम्पूर्ण रेड रोडलाई १३ जोनमा विभाजन गरिएको छ। यी १३ अञ्चलमा ८६ वटा क्षेत्र छन्। रेड रोडमा हुने परेडमा १७ डिसी दर्जाका अधिकारीहरू तैनाथ हुनेछन्। यसबाहेक ट्राफिक व्यवस्थापनका लागि थप दुई डिसी दर्जाका अधिकृत खटाइने छन्। ४६ सहायक आयुक्त, ९० निरीक्षक र अन्य प्रहरीको उपस्थिति रहनेछ। स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै शनिबार रातिबाटै महानगरका विभिन्न क्षेत्रमा नाका चेकिङ शुरु भएको छ। महानगरका एक सयभन्दा बढी गेस्ट हाउस र होटलमा प्रहरीले विशेष खोजी अभियान सञ्चालन गर्ने भएको छ। महानगरका सबै पुलिस चौकीका पुलिसलाई आ–आफ्नो क्षेत्रका गेस्ट हाउस तथा होटलमा बस्ने व्यक्तिको कागजात जाँच गर्न भनिएको छ। कुनै शंकास्पद व्यक्ति देखिएमा सोधपुछ गर्न भनिएको छ। पुलिसलाई १५ अगस्तमा रेड रोद नजिकै ३ क्यूआरटी, ८ बालुवा बोरा मोर्चा, ११ बालुवा बोरा बङ्कर र ६ पुलिस सहायक बुथ स्थापना गर्न भनिएको छ। रेड रोड, केपी रोड, लभर्स लेन, हस्पिटल रोड, क्वीन्स वे, मेयो रोड, डफरिन रोड, आउटराम रोड, आरआर एभिन्यू १४ अगस्तको रातिदेखि परेड नहुँदासम्म बन्द रहनेछन्। यस अवधिमा स्ट्र्यान्ड रोड र जवाहरलाल नेहरू रोडमा सवारी साधन चल्नेछन्। रेडरोड बाहेक महानगरका विभिन्न मन्दिर, सपिङ मल र दार्शनिक स्थल बाहिर पुलिस परिचालन गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement