सिलगढ़ी – काठमाण्डौं अन्तरराष्ट्रिय बस सेवा शुरू

IMG_20220706_171058.jpg

सिलगढ़ी: नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कोरपोरेशन (एनबीएसटीसी) अनि एउटा निजि कम्पनिको पहलमा सिलगढ़ीबाट काठमाण्डौंको निम्ति अन्तरराष्ट्रिय बस सेवा शुरू भएको छ। आज राज्यका परिवहन मन्त्री फिरहाद हकीमले सिलगढ़ीको तेनजिङ नोर्गे बस स्ट्याम्डबाट यस सेवाको शुभारम्भ गरे।

यस अवसरमा मन्त्री फिरहाद हकीमले भने, ‘यी दुवै बस भारत र नेपालबीच चल्नेछ औं यसबाट दुवै देशबीच सम्बन्ध अझ् राम्रो बन्नेछ। यस बाहेक सिलगढ़ीदेखि बांग्लादेशको निम्ति छिटोभन्दा छिटो बस सेवा शुरू गर्ने पहल पनि भईरहेछ’। यस अवसरमा एनबीएसटीसीका अध्यक्ष पार्थ प्रतिम राय र अन्य प्रशासनिक अधिकारी पनि उपस्थित थिए।

यस रूटको निम्ति दुई नयाँ बस चलाइनेछ। एक निजी कम्पनीको पहलमा यस सेवाको शुरूआत गरिएको छ। सातामा सोमवार, बुधवार र शुक्रवार यी दुवै बस तेनजिङ नोर्गे बस स्ट्याण्डबाट दिउँसो तीन बजी हिड्नेछन्। त्यही, काठमाण्डौंबाट मंगलवार, बिहीवार र शनिवार एकै समयमा बसहरू हिड्नेछन्। ४० सीटको यस बसको भाड़ा १५०० रूपियाँ निर्धारित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement