नयाँ दिल्लीको स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा पाँच सरपञ्च आमन्त्रित

00-1-A-unnamed-1

गान्तोक: सिक्किमको पाँच जीवन्त गाउँका सरपञ्च अर्थात् पञ्चायत सभापतिहरू १५ अगस्त, २०२३ को दिन ऐतिहासिक लाल किल्लामा स्वतन्त्रता दिवस समारोहको साक्षी बन्नेछन्। यसमा नाथाङकी पञ्चायत सभापति श्रीपती पेमा शेर्पा, लिङचोम-तिङदाका छिवाङफुर्बा शेर्पा, साक्योङ-पेन्तोङका पेमतोक लेप्चा, तिङभोङकी श्रीमती लाखित लेप्चा र लाचेनका सोनामग्याछो लाचेनपा सामेल छन्। ऐतिहासिक स्मारक स्थलको प्राचीरबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनको प्रत्यक्ष साक्षी बन्न आमन्त्रित १७ सयजनामध्ये ६६२ जीवन्त गाउँका ४०४ सरपञ्च सामेल छन्। सरकारको “जन भागीदारी”को परिकल्पना अनुरूप स्वतन्त्रता दिवस समारोहमा सहभागी बन्न जीवनको हरेक तह अनि तप्काका मानिसहरूलाई देशभरीबाट आमन्त्रित गरिएको छ। उत्तर सिक्किमको लिङचोम-तिङदाका सरपञ्च छिवाङ फुर्बा शेर्पाले नयाँ दिल्लीको स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा आमन्त्रित गरेवापत् प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। यसै गरी साक्योङ-पेन्तोङका सरपञ्च पेमतोक लेप्चा अनि लाचेनका सरपञ्च सोनामग्याछो लाचेनपाले पनि नयाँ दिल्लीको स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा आमन्त्रित गरेवापत् प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement