(कविता)   खै

00-illustration-copy

          

फिराक गोर्खाली, पासीघाट, अरुणाचल प्रदेश

बुद्धले आफ्नो मुस्कानभित्र

धेरै प्रश्नको उत्तर लुकाएर गए

तिमीले पनि मुस्कुराउँदै

मलाई निरुत्तर पारेर गयौ।

तिम्रो प्रेम कति शास्वत,

प्रेमी बदलिँदा पनि यथावत रहने

वाह ! तिम्रो प्रेम कति अक्षय,

प्रेम फेरिँदा पनि क्षय नहुने।

प्रकृतिको सिद्धान्त लगाई प्रेम गर्ने तिमी,

थाह छैन भौतिकी शास्त्र कतिलाई पढाउने हो

खै?

एउटा मुटुमा कतिलाई अटाउन सक्ने

तिम्रो प्रबन्धन कला पनि मान्नु पर्ने

मायाको वितरण एउटामा सीमित नराख्ने,

थाह छैन,

तिम्रो समाजवादले कति लाभार्थी बनाउने हो

खै?     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement