१३ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा सिंगताम फूटबल क्लबले राईधुरा फूटबल क्लबलाई ८-२-ले पिट्यो। विजेता टीमबाट प्रथम मुखियाले ह्याट्रिक गरे जबकि अमन तामाङले २ गोल गरे। यसबाहेक नेहाल सुब्बा, निशान्त गुरुङ र दिशेन गुरुङले १-१ गोल गरे। राईधुरा एफसी-बाट दुवै गोल योंगदेन तामाङले गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









