इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः जुकेनी एफसी र ड्राइभर यूनियन क्वार्टर फाइनलमा

IMG-20230813-WA0139.jpg

१३ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच भयो। समथार जनमैदानमा भएको पहिलो म्याचमा जुकेनी एफसी-ले जरायोटारलाई ४-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा ड्राइभर यूनियनले अमर ज्योति सुरुकलाई ५-२-ले पराजित गऱ्यो। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement