भारतीय जनता पार्टीकाे कालेबुङ बजार परिसरमा पोष्टरिङ तथा नाराबाजी गर्दै विरोध प्रदर्शन

IMG-20220706-WA0118.jpg

कालेबुङ: गत दिनांक २ जूनको दिन बंगलार पक्ष, शिष्य परिषद द्वारा सिलिगुडीमा आयोजित गोर्खा विरोधी कार्यक्रम अनि गोर्खाहरुलाई बिदेशीको संज्ञा दिने वक्तव्यको विरुद्ध आज भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिकाे तत्वधानमा कालेबुङ बजार परिसरमा पोष्टरिङ तथा नाराबाजी गर्दै विरोध गरेको छ।

उक्त कार्यक्रम पछि आज परेको डाक्टर श्यामा प्रसाद मुखर्जीको जन्मजयन्ती पालन गर्दै एउटा जिल्ला स्तरीय कर्मी सभाको आयोजना गरियो। सभामा उपस्थित मण्डल प्रभारी तथा जिल्ला पदाधिकारीहरू बीच पार्टीको आगामी कार्यक्रमहरु बारे चर्चा गरिएको थियो।

जिल्ला अध्यक्ष श्री कल्याण देवान ज्युको अध्यक्षतामा बसेको उक्त बैठकलाई उपाध्यक्ष श्री विनोद मोक्तान, उपाध्यक्ष श्री शुभ प्रधान, सचिव उमेश राई तथा अन्यान्यले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement