तेस्रो टी२० म्याच जितेर सीरीजमा २-२-को बराबरी हासिल गर्न सफल भारत

IMG-20230813-WA0003.jpg

१२ अगस्तः पेस बलर अर्शदीप सिंहको विध्वंशी बलिंगपछि ओपनरद्वय यशस्वी जयसवाल र शुभमन गिलको रेकर्ड पार्टनरशीपको सहायताले भारतले चौथो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा आयोजक वेष्ट इण्डिजलाई ९ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा टी२० म्याचको सीरीजमा २-२-को बराबरी पनि हासिल गऱ्यो। फ्लोरिडाको लाउडरहिल स्थित सेण्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउण्डमा शनिवार टस जितेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनायो। शिमरोन हेटमायरले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३९ बलमा सर्वाधिक ६१ रन बनाए। यसबाहेक शाई होपले ३ वटा चौका र २ वटा छक्काको साथ २९ बलमा ४५ रन बनाए। यी दुई बाहेक ब्रेण्डन किंगले १८, काइल मेयर्सले १७ र ओडेन स्मिथले अविजित १५ रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक स्पिनर कुलदीप यादवले २ विकेट हासिल गरे। जवाफमा भारतले १७ ओभरमै १ विकेट गुमाएर जीतको निम्ति जरूरी १७९ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर यशस्वी जयसवालले ११ वटा चौका र ३ वटा छक्काको साथ ५१ बलमा सर्वाधिक अविजित ८४ रन बनाए। यसबाहेक उनका ओपनिंग जोड़ीदार शुभमन गिलले ५ वटा छक्का र ३ वटा चौकाको साथ ४७ बलमा ७७ रन बनाए। यशस्वी र गिलले पहिलो विकेटको निम्ति १५.३ ओभरमा १६५ रनको पार्टनरशीप गरेर भारतलाई जीतको संघारमा पुऱ्याए। टी२० अन्तर्राष्ट्रियमा यो भारतको निम्ति पहिलो विकेटको निम्ति सर्वाधिक रनको पार्टनरशीप हो। गिल आउट भएपछि यशस्वी र तिलक वर्मा (अविजित ७)-ले मिलेर टीमलाई सजिलै जीत दिलाए। वेष्ट इण्डिजको तर्फबाट एकमात्र विकेट रोमारियो शेफर्डले हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement