रम्फू: अमेरिकन फाउन्डेसन “अन्तरराष्ट्रिय कल्याण तथा सहयोग प्रतिष्ठान”द्वारा आयोजित नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्सका दुई फाइनालिस्ट शिशिर ठटाल र प्रितम राई आफ्नो गृह राज्य सिक्किममा सप्ताहव्यापी छुट्टीमा आएका छन्। अर्को साता हुने अन्तिम फाइनलका लागि पाँच जना छनोट प्रतिस्पर्धीसंग प्रतियोगिता हुने भएको छ} जसमा विजेतालाई १० मिलियन, पहिलो र दोस्रो उपविजेतालाई ३ मिलियन र २ मिलियन प्रदान गरिनेछ। सिक्किम वापसीको क्रममा यो जोडी गायकलाई सिक्किमको मुख्य प्रवेश द्वार रम्फूमा भव्य स्वागत गरियो। विभिन्न विभागका अध्यक्षहरू, सदस्यहरू, शिशिर र प्रितम राईका समर्थकहरु, परिवारका सदस्यहरू, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिगण, स्थानीय बासिन्दा र युवाहरूले स्वागत गरे। साथै प्रतिष्ठित प्रतियोगिता जिताउन सहयोग गर्ने आश्वासन दिएका छन्। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै शिशिर ठटाल र प्रितम राईले मुख्यमन्त्री प्रेमसिङ तामाङ, कृष्ण राई, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यो प्रतियोगिता जित्नको लागि सहयोग गरेकोमा आभार प्रकट गरेका छन। हरेक क्षेत्रमा युवा प्रतिभाहरूलाई सबै पक्षबाट प्रोत्साहित गर्न राज्य सरकारको पहललाई पनि धन्यवाद दिए।










