पाक्योङमा कालेबुङको जीत

IMG-20230812-WA0339.jpg

पाक्योङ: पाक्योङ स्पोर्टिङ क्लबद्वारा आयोजित ७७औँ स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिता पाक्योङस्थित सेन्ट जेभियर्स स्कुल मैदानमा जारी छ। यसअन्तर्गत आज दुई खेल भयो। सिनियर महिलावर्गमा युएसएससीए आहो र देबन्जन शेर कालेबुहबीच भएको पहिलो खेलमा देबञ्जन शेर कालेबुङले टाइब्रेकरमा ४–३ ले जित निकालेको थियो। दोस्रो खेल सेन्ट जेभियर्स ब्लू र असल इलेभेन रंगेलीबीच भएको थियो जसमा रंगेलीको जीत भयो। कार्यक्रममा विधायक एएम प्रसाद शर्मा, उनकी धर्मपत्नी टिकामाया दुलाल, जिला आधाक्ष्य, लादेन ल्हामु भुटिया, सल्लाहकार खाद्य तथा नागरिक आपूर्ति इन्चुङ भोटिया, ओएसडी कृषि तथा बागवानी, पीके सुब्बा र विभिन्न विभागका अधिकारीहरू सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement