गान्तोक: विद्यालयहरूमा कृषि र पशुपालन सम्बन्धी चेतनामूलक कार्यक्रमहरूको निरन्तरता दिने क्रममा कृषि मन्त्री लोकनाथ शर्माले आज याङयाघ सिनियर सेकण्डरी स्कूलमा एक अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरे। कृषि र पशुधन भविष्य हो भन्ने नाराका साथ कृषि, बागवानी र पशुपालन विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा याङगाङ स्कूलका विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।
मन्त्री शर्माले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै मानव समाजको दिगोपनका लागि कृषि खेतीको महत्वबारे बताउँदै कृषि उद्यमशीलताको विशाल दायरा र मानव जीवनको अस्तित्वको लागि यसको आवश्यकताबारे उल्लेख गरे। उनले विद्यार्थीहरूलाई अनुभवजन्य शिक्षामा ध्यान केन्द्रित गर्दै कृषिको उत्कृष्ट पेशामा करियर बनाउन आग्रह गरे साथै प्रत्येक व्यक्तिले खेतीलाई आफ्नो स्वस्थ जीवनशैलीको एक अंगका रूपमा लिने जोड दिँदै कृषिका विभिन्न आयाममा सुधार ल्याउन राज्य सरकारको प्रयासको पनि साझा गरे। त्यसपछि उनले याङगाङ सिनियर सेकेण्डमा उप डिभिजन स्तरीय समितिले आयोजना गरेको ७७औँ स्वतन्त्रता दिवस समारोह नकआउट फुटबल प्रतियोगिताको दुई क्वार्टर फाइनल फुटबल खेलमा भाग लिए। कार्यक्रममा क्षेत्र विधायक राजकुमारी थापाको उपस्थिति रहेको थियो।









