श्रीनगर एयरबेसमा मिग-२९ को तैनाथी, पाकिस्तान र चीनमाथि रहनेछ नजर

00-1-Mig-29

नयाँ दिल्ली: भारतीय वायु सेनाले चीन र पाकिस्तानको एकैसाथ सामना गर्नको लागि जम्मू-कश्मीरको श्रीनगर एयरबेसमा चौथो पिँढ़ीको अपग्रेडेड मिग-२९ यूपीजीलाई तैनाथ गरेको छ। यो अत्यधिक लामो दूरत्वको हावादेखि हावामै प्रहार गर्ने मिसाइलको साथमा आक्रमण गर्न सक्षम छ। यस स्क्वाड्रनलाई पुरानो मिग-२१ जेटलाई फेर्नको लागि तैनाथ गरिएको हो।

वायु सेना अनुसार मिग-२९ यूपीजी लड़ाकू विमानको युद्धक क्षमता अधिक छ। यसलाई एभियोनिक्स तथा लामो दूरत्वका मिसाइलहरूद्वारा लैस गरिएको छ। यो एयरबेस श्रीनगर कश्मीर घाटीको केन्द्रमा अवस्थित छ जसको उच्चता मैदानी क्षेत्रबाट अधिक छ। मिग-२९ ले ती सबै मानदण्डहरूलाई पूरा गर्ने हुनाले यो दुवै मोर्चामा एकैसाथ शत्रुहरूसित भिड़्न सक्षम छ। मिग-२१ को तुलनामा मिग-२९ का धेरैवटा फाइदाहरू छन्। यो लामो समयसम्म कश्मीर घाटीमा भारतमाथि गिद्दे दृष्टि राख्ने शत्रुहरूलाई मुखभरिको जवाफ दिन सक्षम छ।

वायु सेनाका अधिकारीले मिग-२९ यूपीजीको लड़ाकु क्षमताको बारेमा बताए मुताविक वर्ष २०१९ मा भएको बालाकोट हवाई आक्रमण पश्चात यो विमान पाकिस्तानी आतङ्कवादी शिविरहरूमा आक्रमण गरेर एफ-१६ लाई ध्वस्त बनाउन सफल भएको थियो। मिग-२९ लाई अत्यक्षिक लामो दूरत्वको हावादेखि हावामा प्रहार गर्ने मिसाइल अनि हावादेखि जमीनमा प्रहार गर्नसक्ने हतियारहरूद्वारा लैस गरिएको छ। सशस्त्र बलहरूलाई दिइएको आपतकालीन खरिद शक्तिहरूको प्रयोग गर्दै यसलाई घातक हतियारहरूद्वारा पनि लैस गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement