नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भने, भारतमा भ्रष्टाचारविरूद्ध जीरो टलरेन्सको कठोर नीति छ। जी-२० देशहरूको सामूहिक प्रयासले भ्रष्टाचारविरूद्ध लड़ाईँमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ। प्रधानमन्त्री मोदीले भीडियो सन्देशको माध्यमबाट कोलकातामा आयोजित जी-२० भ्रष्टाचार विरोधी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उपरोक्त मन्तव्य व्यक्त गरे। प्रधानमन्त्रीले नोबल पुरस्कार विजेता गुरूदेव रवीन्द्रनाथ टैगोरको शहर कोलकातामा गणमान्य व्यक्तिहरूलाई स्वागत जनाए। उनले भने, जी-२० भ्रष्टाचार विरोधी मन्त्रीस्तरीय बैठक पहिलो पटक भौतिक रूपमा सम्पन्न भइरहेको छ। टैगोरको लेखनको उल्लेख गर्दै प्रधानमन्त्रीले लोभ-लालसाप्रति होशियारी गराए। उनले भने, ‘लोभले हामीलाई यथार्थको अनुभूति गर्नदेखि रोक्दछl’
प्रधानमन्त्रीले रेखांकित गरे, भ्रष्टाचारले सबैभन्दा बढ़ी गरीब अनि सीमान्तकृत मानिसहरूलाई प्रभावित पार्दछ। यसले संसाधनहरूको उपयोगलाई प्रभावित पार्दछ। बजारहरूलाई विकृत गर्दछ। सेवा वितरणलाई अभावित पार्दछ र अन्ततः मानिसहरूको जीवनको गुणस्तरलाई घटाउँछ। अर्थशास्त्रमा कौटिल्यको उल्लेख गर्दै उनले भने, ‘आफ्ना मानिसहरूको कल्याणलाई अधिकतम बनाउनको लागि राज्यका संसाधनहरूलाई बढ़ाउनु सरकारको कर्तव्य हो। यस लक्ष्यलाई हासिल गर्नको लागि भ्रष्टाचारसित लड़न आवश्यक छl’ प्रधानमन्त्रीले भारतले पारदर्शी औ जवाफदेही पारिस्थितिकी तन्त्र निर्माणको लागि प्रौद्योगिकी तथा ई-गभर्नेन्सको लाभ उठाइरहेको अवगत गराउँदै अघि भने, ‘कल्याणकारी योजना तथा सरकारी परियोजनाहरूमा चुवाहट र कमी-कमजोरीहरूलाई दूर गरिँदैछ जसको परिणामस्वरूप भारतमा मानिसहरूलाई उनीहरूको ब्याङ्क खातामा राशिको प्रत्यक्ष लाभ हस्तान्तरण प्राप्त भएको छ साथै सहयोग प्राप्त भएको छl’
सरकारले व्यवसायीहरूको लागि विभिन्न प्रक्रियाहरूलाई सरल बनाएको छ। सरकारी सेवाहरूको स्वचालन र डिजिटलीकरणको उदाहरण प्रधानमन्त्रीले दिए। उनले भने, ‘हाम्रो सरकारी ई-मार्केटप्लेस वा जीईएम पोर्टलले सरकारी खरिदमा अधिक पारदर्शिता ल्याएको छ। सरकारले आक्रमक रूपमा आर्थिक अपराधीहरूको पछि लागेको छ। आर्थिक अपराधी एवं भगौड़ाहरूबाट १.८ बिलियन डलरभन्दा अधिकको सम्पत्ति असुल गरिएको छl’ उनले मनी लन्ड्रिङ्ग रोकथाम अधिनियमको पनि उल्लेख गरे जसले वर्ष २०१४ देखि अपराधीहरूको १२ बिलियन डलरभन्दा अधिक सम्पत्ति जफ्त गर्नमा मद्दत गरेको छ। प्रधानमन्त्रीले भने, ‘जी-२० देशहरूको सामूहिक प्रयासले भ्रष्टाचारविरूद्ध लड़ाईँमा महत्वपूर्ण रूपले समर्थन गर्नसक्छ साथै अन्तरराष्ट्रिय सहयोग बढ़ाउन र भ्रष्टाचारका मूल कारणहरूलाई सम्बोधन गर्ने सशक्त उपायहरूको क्रियान्वयनको माध्यमबाट एउटा ठूलो अन्तर ल्याउन सकिन्छ। मोदीले भ्रष्टाचारविरूद्ध लड़ाईँमा अडिट संस्थानहरूको भूमिकामाथि पनि प्रकाश पारेl’ –हिस









