गोलीटार फूटबल: एवाईसी आदर्श गाउँ अनि सिङ्ताम स्कूल फाइनलमा प्रवेश

IMG-20230812-WA0335.jpg

गोलीटार: स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको आज पहिलो सेमी फाइनल म्याच एवाईसी आदर्श गाउँ अनि निमटार एफसी बीच सम्पन्न भयो, जसमा ४ गोल लगाएर एवाईसी आदर्श गाउँ विजयी बन्दै फाइनलमा प्रवेश गर्न सफल बनेको छ। गोलीटार खेल मैदानमा सम्पन्न यस सेमी फाइनलको अवसरमा १० माइल पश्चिम बंगाल निवासी समाजसेवी प्रवीण राई मुख्य अतिथिको रुपमा उपस्थित थिए भने तारखोला वार्ड पञ्चायत देवराज छेत्री विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। यस सेमी फाइनलमा विजयी दलका खेलाड़ी जर्सी ६ आदर्श छेत्रीलाई घोषित गरि मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो।
यसरी नै स्व. महेश्वर मिश्र अन्तर विद्यालय फुटबल टुर्नामेन्टको आजको पहिलो सेमी फाइनल म्याच सिङ्ताम उच्चत्तर माध्यमिक पाठशाला अनि इस्ट पोइन्ट उच्च माध्यमिक पाठशाला बीच सम्पन्न भयो।

यस अवसरमा एसकेएम पार्टीको तिमी नाम्फिङ नारीशक्ति कोर्डिनेटर सुजाता पौड़्याल मुख्य अतिथिको रुपमा उपस्थित थिइन् भने विशिष्ट अतिथिको पूर्व पार्षद रजनी सिंह सिन्चुरीको उपस्थिति रहेको थियो। यस म्याचमा ५- ४ को अन्तरले सिङ्ताम पाठशाला विजयी बनेको छ। यस सेमी फाइनल म्याचको मेन अफ दी म्याच सिङ्ताम पाठशालाका गोल किप्पर जर्सी १ लाई घोषित गरियो। दुवै मेन अफ दी म्याच घोषित खेलाड़ीलाई दुवै मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

आजका मुख्य अतिथिद्वय अनि विशिष्ट अतिथिहरुलाई आयोजक समितिद्वारा स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement