एसटी ब्रदर्स रांगामाटी फाइनलमा

IMG-20230812-WA0311.jpg

१२ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा एसटी ब्रदर्स, रांगामाटीले फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल म्याचमा एसटी ब्रदर्सले रिन्हो फूटबल क्लबलाई टाई ब्रेकरमा ४-१-ले पराजित गऱ्यो। विजेता टीमका गोलकीपर अजय नागलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा उमेश शर्मा रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अलोप राई र राजेश थापा थिए। राजु घिमिरे फोर्थ अफिसियल थिए। टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १६ अगस्तमा खेलिने आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement