फाइनलमा पुग्न सफल एमटीवाईएस

photocollage_2023812231059735.jpg

१२ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एमटीवाईएस (मगरटोला युवा संघ)-ले फाइनलमा स्थान बनायो। शुक्रवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो सेमिफाइनलमा एमटीवाईएस-ले साइबो फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पीटर र निगमले गोल गरे। अब १५ अगस्तमा हुने फाइनलमा एमटीवाईएस र टीम भलिबलबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement