१२ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एमटीवाईएस (मगरटोला युवा संघ)-ले फाइनलमा स्थान बनायो। शुक्रवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो सेमिफाइनलमा एमटीवाईएस-ले साइबो फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पीटर र निगमले गोल गरे। अब १५ अगस्तमा हुने फाइनलमा एमटीवाईएस र टीम भलिबलबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









