कञ्चनजंघा फूटबल क्लब फाइनलमा

IMG-20230812-WA0305.jpg

१२ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा शनिवार भएको दोस्रो सेमिफाइनल म्याचमा केएफसी-ले युनाइटेड चमकडांगी फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुदीप श्रेष्ठले ३२औं मिनटमा पेनल्टीबाट अनि आमिर लामाले ४८औं मिनटमा गोल गरे। यसरी युनाइटेड चमकडांगीबाट अमर चौधरीले दोस्रो मिनटमा गोल गरे। म्याचमा युनाइटेड चमकडांगीका मोसिन मुलुलाई ६०औं अनि केएफसी-का मिक छिरिंग तामाङलाई ७५औं मिनटमा रेड कार्ड देखाइयो । युनाइटेड चमकडांगीका गोलकीपर बिदेसलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अब १५ अगस्तमा खेलिने फाइनल म्याचमा कञ्चनजंघा एफसी र सिलगढ़ी युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement