नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आध्यात्मिक गुरु दलाई लामालाई फोन गरेर उनलाई उनको जन्मदिनको बधाई दिएका छन्। प्रधानमन्त्रीले उनको दीर्घायु र सुस्वास्थ्यको कामना गरे। १४औं दलाई लामा परवपावन तेन्जिन ग्यात्सोको जन्म, ६ जुलाई, १९३५ मा पूर्वोत्तर तिब्बतको एउटा किसान परिवारमा भएको थियो।
प्रधानमन्त्री मोदीले आफ्नु ट्वीट सन्देशमा भनेका छन्, ‘आज फोनमा परमपावन दलाई लामालाई उनको ८७औं जन्मदिनको बधाई दिए। हामी उनको लामो उमेर र सुस्वास्थ्यको कामना गर्दछौं।’