रोमाञ्चक जीत हासिल गरी मारामार एफसी फाइनलमा

IMG-20230812-WA0300.jpg

१२ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको मारामार फूटबल क्लबले फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा शनिवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा मारामार एफसी-ले जलपाइगढ़ी पुलिसलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट करण राई, सुरज तामाङ र दीप छेत्रीले गोल गरे। यसरी जलपाइगढ़ी पुलिसबाट राहुल रोय र प्रदीप रोयले गोल गरे। विजेता टीमका खेलाड़ी लरेन्सलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब फाइनल १५ अगस्तको दिन खेलिने फाइनलमा मारामार एफसी र सिलगढ़ी पुलिस कमिश्नरेटबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement