१२ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच रहेको थियो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज भएको म्याचमा असल इलेभेनले सेण्ट जेभियर्स स्कूल मैदानलाई ७-२-ले पराजित गऱ्यो। विजेता टीमबाट ह्याट्रिक गर्ने प्रवीण थापालाई प्लेयर अव् द म्याच चयन गरियो । आजको विजेता असल इलेभेनले अब १४ अगस्तमा खेलिने सेमिफाइनलमा पाक्योंग जिल्ला पुलिसको चुनौती स्वीकार्नेछ। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









