इण्डिपेण्डेन्स शील्डः दार्जीलिङ पुलिसलाई पराजित गरी युनाइटेड ब्रदर्स फाइनलमा

IMG-20230812-WA0285.jpg

१२ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा शनिवार स्थानीय मेला ग्राउण्डमा पहिलो सेमिफाइनल खेलियो। आजको म्याचमा युनाइटेड ब्रदर्सले दार्जीलिङ पुलिसलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम लेप्चा र सौरभ तामाङले गोल गरे। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। अब आइतवार हुने दोस्रो सेमिफाइनलमा कालेबुङ पुलिस र सिंगलिंग स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ।

फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement