कुहिरोभित्र घूम अनि केही अक्षर केही भाव तरङ्गको लोकार्पणसितै पत्रकार निर्दोषिका तामाङलाई इजा स्मृति युवा सम्मान

IMG-20230812-WA0247.jpg

दार्जीलिङ: आज इजा प्रकाशनको आयोजनामा यल्मो किदुक भवन, घूममा इजा स्मृति युवा सम्मान पुरस्कारसितै नारी हस्ताक्षर मञ्जुला तामाङकृत दुइवटा कृतिहरूको विधिवत लोकार्पण गरियो। बिहान घूम, सुकिया रोड, हुलाक घूमको इजा प्रार्थना भवनमा इजा हाङ्गमाको तस्वीरमा कार्यक्रम सफलताको निम्ति इजा प्रकाशनका प्रकाशिका मञ्जुला तामाङलगायत इजा प्रकाशनका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सफलताको निम्ति पूर्जा अर्चना कार्यक्रम गरिएपछि विशेष कार्यक्रम यल्मो किदुम भवनमा मूल कार्यक्रमको आरम्भ गरियो।यस कार्यक्रम भाषाविद्, साहित्यकार डा गोकुल सिन्हाको अध्यक्षता, साहित्यकार, भाषाविद् सी. पी. शर्माको प्रमुख आतिथ्य, विशिष्ट अतिथि एवम् सम्मानित स्रष्टाहय क्रमैले गजलगो, साहित्यकार, पत्रकार निर्दोशिका तामाङ, अग्रज कलाकार विमला सुब्बा, प्रतिष्ठित चित्रकार सुरज मोक्तान, अशोक सुब्बा, शनि कुमार मोक्तान, सुरेन पाखरिन आदिको विशिष्ट आतिथ्यमा यस कार्यक्रम सम्पन्न गरियो।नारी हस्ताक्षर सुमित्रा अविरलले सञ्चालन गरेको यस कार्यक्रमको प्रथम चरणमा अतिथिहरूमा श्रद्धार्पण गरिएपछि अध्यक्ष एवम् अतिथिहरूको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर कार्यक्रमको आरम्भ गरियो। कार्यक्रमलाई अघि बड़ाउँदै युवा सर्जक विशन कार्कीले स्वागत सम्बोधन गरेपछि गणेश नृत्य साधना कला केन्द्र, घूमद्वारा स्वागत नृत्य प्रस्तुत गरियो। साहित्यकार, नाटककार सुनिल राई प्रणामीले इजा प्रकाशनबारे मन्तव्य राखेपछि कार्यक्रमको अर्को चरणमा सर्जक नरेश कटुवालले पुरस्कृत स्रष्टाको परिचयलाई दर्शकअघि राखेपछि कवि कमला तामाङद्वारा यसै कार्यक्रममाथि आफ्नो मन्तव्य राखेपछि कार्यक्रमका प्रमुख अतिथिको बाहुलीबाट कवि, गजलगो, पत्रकार निर्दोषिका तामङलाईलाई दोसल्ला, स्मृति चिन्ह, अभिनन्दन पत्र अनि नकद राशीद्वारा कार्यक्रमबीच सम्मानित गरियो।
यसरी सम्मानकै क्रममा इजा प्रकाशनद्वारा विशेषगरी कला, चित्रकारिता क्षेत्रलाई विशेषरूपमा ऊर्जा प्रदान गर्दै अग्रज चित्रकार, सङ्गीतकार सुरज मोक्तान, रङ्गकर्मी विमला सुब्बालाई इजा स्मृति सम्मान घूम जोरबङ्गलो क्षेत्रका नाटककार, निर्देशक अशोक सुब्बा घूम जोरबङ्गलोको गौरव सम्मान यसरी चित्रकार शनि कुमार मोक्तानलाई घूम जोरबगलोको गौरव सम्मान, फुटबल खेलाड़ी सुरेन पाखरिन, घूम जोरबङ्गलोको गौरव सम्मानद्वारा उपस्थिति अतिथिहरूको बाहुलीबाट सम्मानित गरियो। सम्मानित अभिनन्दन अनि स्मृति चिन्हहरू आयोजकको पक्षमा क्रमैले मोनिका प्रधान, नम्रता संस्कार, रेश्मी गुरूङ, सरस्वती शर्मा, मिना लामाले पठन गरेका थिए।
सम्मान कार्यक्रमपछि नारी हस्ताक्षर साथै इजा प्रकाशनका प्रमुख मञ्जुला तामाङका दुइ कृतिहरूको विधिवत लोकार्पण गरियो। सर्वप्रथम कुहिरोभित्र घूम, श्रृंखला कविता संग्रह जोरबङ्गलो कृतिको लोकार्पण गरियो भने उक्त कृतिमाथि साहित्यकार अमला छेत्रीद्वारा कृतिको समीक्षा गरेपछि दोस्रो लोकापिर्त कृति केही अक्षर केही भाव – तरङ्ग, मुक्तक संग्रहको लोकार्पण गरिएपछि डा.सुकराज दियालीद्वारा कृतिमाथि आफ्नो आफ्नो समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरे। कार्यक्रमका प्रमुख अतिथि साहित्यविद् सी. पी. शर्माद्वारा इजा प्रकाशन अनि सम्पूर्ण कार्यक्रममाथि आफ्नो सारगर्भित वक्तव्य राखे। कार्यक्रमलाई मनोरञ्जन तुल्याउँदै तेञ्जी शेर्पा, अज्जु दर्नालले गीतहरू प्रस्तुत गरेपछि कार्यक्रमको अन्तिम चरणमा कार्यक्रम अध्यक्ष गोकुल सिन्हाले कार्यक्रममाथि बोल्दै अध्यक्षीय सम्बोधन राखे भने आयोजकको पक्षमा, कृतिकारको पक्षमा कृतिकार मञ्जुला तामङ सुब्बाले सबैप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे भनी पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement