खोरीबारी: स्वतन्त्रता दिवसअघि नेपाल–भारत सीमा खोरीबारीबाट एक बंगलादेशी युवक पक्राउ परेका छन्। अभियुक्तको नाम मोहम्मद कौथर बेपारी हो। उनी कुमिल्ला निवासी भएको बताइएको छ। पक्राउ परेकाहरुबाट बंगलादेशी पासपोर्ट र नागरिक परिचयपत्र बरामद गरिएको छ। एसएसबी स्रोतका अनुसार वैध कागजातविना भारतबाट नेपाल प्रवेश गर्नुअघि बंगलादेशी युवकलाई एसएसबीका जवानले शंकाका आधारमा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा विसंगति भेटिएपछि एसएसबीका जवानले उनलाई पक्राउ गरी खोरीबारी प्रहरीको जिम्मा लगाएका थिए। अभियुक्तलाई भोलि सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।









