पत्रकार, गजलकार निर्दोषिका तामाङलाई पहिलो इजा स्मृति पुरस्कार प्रदान

IMG-20230812-WA0274.jpg

दार्जिलिङ: पत्रकार, तथा गजलगो, कवि निर्दोषिका तामाङ प्रथम युवा इजा स्मृति सम्मान पुरस्कारद्वारा सम्मानित भएका छन्। गोरूबथानकी युवा पत्रकार तथा गजलगो, कवि निर्दोषिका तामाङ प्रथम युवा इजा स्मृति पुरस्कारद्वारा सम्मानित भएकी छन्। आज १२ अगस्तको दिन ३३औँ इजा जन्मोत्सवको अवसरमा एक कार्यक्रमबीच उनलाई सम्मानित गरिएको हो। साहित्यकार गोकुल सिन्हाको बाहुलीबाट स्मृति चिन्ह अनि साहित्यकार एवम् भाषाविद् सी. पी. शर्माको हातबाट प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो।
इजा प्रकाशनद्वारा यस वर्षदेखि प्रदान गरिने प्रथम युवा इजा स्मृति पुरस्कार निर्दोषिका तामाङलाई तिनले नेपाली भाषा साहित्यलाई पुऱ्याइरहेको योगदानको कदर गर्दै प्रदान गरिएको हो।

जुरी सदस्यहरू डा. सुकराज दियाली, साहित्यकार कमला तामाङ अनि अमला छेत्री सुब्बाको छलफल अनि निर्णय पछि यस सम्मान पुरस्कार निर्दोषिका तामाङलाई प्रदान गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement