आईटीबीपीद्वारा तिरंगा यात्रा आयोजित

itbp_231

गान्तोकः भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) बलले आजादीको अमृत महोत्सवको अवसरमा मेरी माटी मेरा देश कार्यक्रम अन्तर्गत शुक्रवार देशको एकतालाई कायम राख्न पंच प्रण शपत लिएको छ। उप सेनानी प्रशान्त सिन्हाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वाहिनीका सम्पूर्ण अधिकारीहरूले उच्च बनोबलका साथ भाग लिए।

यसै क्रममा आज आजादीको अमृत महोत्सवको उपलक्ष्यमा स्थानीय विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू र स्थानीय नागरिकहरूको सहभागितामा हर घर तिरंगा कार्यक्रम अन्तर्गत तिरंगा यात्रा निकालियो। उप सेनानी प्रशान्त सिन्हाका साथै वाहिनीका सम्पूर्ण अधिकारीहरूले पनि कार्यक्रममा भाग लिए।

उप सेनानी सिन्हाले सबैलाई भारतीय ध्वज संहिता २००२ को सम्बन्धमा जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement