मुख्यमन्त्रीले लाभार्थीहरूलाई ९८ जनालाई जब् अर्डर र २९९ जनालाई घर उन्नयन प्रदान

up._49

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा सम्मान भवनमा आयोजित एक कार्यक्रमबिच पोकलोक-कामराङ निर्वाचन क्षेत्रका लाभार्थीहरूलाई जब् अर्डर र घर उन्नयनका लागि वित्तीय सहायता प्रदान गरेका छन्। यसावधि ९८ जनालाई जब् अर्डर र २९९ जनालाई घर उन्नयन प्रदान गरिएको बताइएको छ।

यस अतिरिक्त, राज्यभरिका ६० जना विद्यार्थीलाई शिक्षाको निम्ति वित्तीय सहायता प्रदान गरियो। यसै क्रममा विभिन्न एनजीओ, धार्मिक संस्थान र अन्य संगठनहरूलाई पनि मुख्यमन्त्री विवेकाधीन अनुदान अन्तर्गत चेक वितरण गरिएको छ।

आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले युवाहरू राज्य अनि देशका आधार हुन् भन्दै राज्य अनि राष्ट्रको शक्ति युवाहरूमा निहित रहेको बताए। स्वतन्त्रता दिवसको बारेमा बोल्दै मुख्यमन्त्रीले १५ अगस्त भव्यरूपमा मनाउनु पर्ने बताए। यसैगरी, हर घर तिरंगा अन्तर्गत सबैलाई आफ्नो घर, कार्यालय र दोकानहरूमा राष्ट्रिय ध्वज फहराउन आह्वान गरे। उनले १४ अगस्तदेखि राज्यव्यापी रूपमा मेरी मिट्टी मेरा देश शुरू गरिने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement