जेयु विद्यार्थीको मृत्यु प्रकरणमा एक पूर्व विद्यार्थी पक्राउ

00-1-JU-1

कोलकाता: कोलकाता पुलिसले जादवपुर विश्वविद्यालयमा १८ वर्षीय बंगला अनर्स स्नातक विद्यार्थी स्वप्नदीप कुण्डुको मृत्युको सम्बन्धमा एक पूर्व छात्रलाई पक्राउ गरेको छ। पक्रा परेका विद्यार्थी मुख्य होस्टेलमा बस्दै आएका थिए र उनले २०२२ मा गणितमा एमएससी गरेका थिए। पूर्व विद्यार्थी सौरभ चौधरीविरुद्ध उनका बाबुले प्राथमिकी दर्ता गरेपछि स्वप्नदीपलाई पक्राउ गरिएको पुलिसले जनाएको छ। ती छात्रले स्वप्नदीप कुण्डुलाई मानसिक रूपमा यातना दिएको भन्ने स्रोतको दाबी रहेको छ। बालकनीबाट उनी खसेका थिए। पुलिस स्रोतको दावीअनुसार, मर्नुअघि पीडित विद्यार्थीले पटकपटक आफू समलिङ्गी नभएको भन्दै आएका थिए। ९ अगस्तको राति करिब ११:४५ बजे मुख्य छात्रावास भवनको दोस्रो तलाको बालकनीबाट खसेर स्वप्नदीप कुण्डु गम्भीर घाइते भएका थिए। उनको बिहीबार बिहान ३:४० बजे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार छ। पुलिसका अनुसार, स्वप्नदीपका बाबु रामप्रसाद कुण्डुले आफ्नो उजुरीमा उक्त छात्रावासका केही सञ्चालकहरू आफ्नो छोराको मृत्युमा जिम्मेवार हुनसक्ने दाबी गरेका थिए। यसपछि पुलिसले गहन सोधपुछ शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement