सिलगढी: आज विश्व हात्ती दिवसको अवसरमा बंगाल सफारी पार्कमा जागरूकता रैलीको आयोजना गरियो।यस रेलीमा लक्ष्मी र उर्मिलाले पनि अंश ग्रहण गरेको थियो। लक्ष्मी र उर्मिला बंगाल सफारी पार्कको दुई वटा प्रशिक्षित हात्ती हो। आज विद्यार्थीहरूले हातमा प्लाकार्ड लिएर रेलीमा सामेल भएका थिए। यस अवधि हात्तीहरूको पुजा पनि गरियो। उत्तरबंगमा हात्तीहरूको मृत्यु अनि हात्ती- मनुष्यमाझ सङ्घर्षको घटनाहरू भइरहन्छ। मूल रूपले हात्ती-मनुष्य बीच सङ्घर्षलाई कम गर्ने उद्देश्य लिएर सो रेलीको आयोजना गरिएको थियो।









