घैयाबारी ग्राम पञ्चायत एक गिध्द पहाड़मा भागोप्रमोको बोर्ड गठन

IMG-20230812-WA0266.jpg

पञ्चायत प्रधानमा रिना बस्नेत र उप प्रधानमा आशिष छेत्री चयन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायत गिध्द पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन भएको छ। घैयाबारी ग्राम पञ्चायत एक गिध्द पहाड़मा रहेको जम्मा ८ वटा सिटहरूमा ६ वटा भागोप्रमोले जीत हाँसिल गरेर सजिलै पञ्चायतको बोर्ड गठन गरेको छ। घैयाबारी ग्राम पञ्चायत एक गिध्द पहाड़मा पञ्चायतको बोर्ड गठन र शपथ ग्रहण समारोह एपीओ लाकपा डोमा शेर्पाको अध्यक्षता र जीआरएस सबनम थापाको उपस्थितिमा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधानको लागि रिना बस्नेत, उप प्रधानको लागि आशिष छेत्रीले शपत ग्रहण गरेका छन्। त्यसरी नै भागोप्रमोका निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले गायत्री मंग्राती, विद्या जिम्बा, गंगन तामाङ र पुरनम तामाङले पनि शपत ग्रहण गरेका थिए। यसमा पुरनम तामाङले स्वतन्त्र प्रार्थीको रूपमा चुनाव जितेर पछिबाट भागोप्रमोमा सामेल भएको जानकारी भागोप्रमो गिध्द पहाड़ जोनल कमिटीको सचिव दिपेन मोक्तानले दिएका छन्। यही शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीको दुईजना निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले दावा घिसिङ र मिरा पाख्रिनले पनि शपथ ग्रहण गरेका थिए।

घैयाबारी ग्राम पञ्चायत एकको बोर्ड गठनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २९ नम्बर समष्टि अध्यक्ष पेमेद्र गुरूङ, मूल सचिव भक्तिमान तामाङ, नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान, नारी शक्ति गिद्धपहाड जोनल कमिटी, अभिभावक जोनल कमिटी, केन्द्रीय सदस्य समीरदिप ब्लोन, युवा शक्तिका प्रतिनिधि उपस्थित रहेर नव निर्वाचित पञ्चायत प्रधान, उप प्रधान र सदस्य – सदस्याहरू सबैलाई खदार्पणसहित बधाई तथा शुभकामना दिएका थिए। यस अवसरमा बोल्दै नव निर्वाचित पञ्चायत प्रधान रिना बस्नेतले विस्तृत रूपमा बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement