कन्याश्री प्रकल्प अनुसार घैयाबारीको नेताजी हाई स्कूलमा प्रदर्शनी कार्यक्रम सम्पन्न

IMG-20230812-WA0262.jpg

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारीको नेताजी हाई स्कूलमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयमा प्रगर्शनी गरिएको छ। कन्याश्री प्रकल्प अनुसार विशेष गरेर पर्यावरण, स्वास्थ्य र पोषण विषयमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए भने अन्य विभिन्न विषयहरूमा पनि प्रदर्शन गरिएको थियो। यस प्रदर्शनीमा नेताजी हाई स्कूलका शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई मार्ग निर्देशन गरेका थिए।

यस प्रगर्शनीमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई लगायत पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू पनि उपस्थित रहेका थिए।

त्यसरी नै उक्त प्रदर्शनीमा अविभावकवर्ग, भूतपूर्व शिक्षिक-शिक्षिकाहरू, नेताजी प्रथामिक पाठशालाका शिक्षिक शिक्षिकाहरू साथै विद्यार्थीहरू र नेताजी हाई स्कूलको भूतपूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कन्याश्री प्रकल्प अनुसार आयोजित यस प्रदर्शनी विषयमा नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement