खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी ग्राम पञ्चायतमा हाम्रो पार्टीले बोर्ड गठन गरेपछि पञ्चायत प्रधान बिमल तामाङले जति किन्नु खोजे पनि किन्नु नसकेको वक्तव्यको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ चिमनी देवरालीको सभासद साथै समष्टी सचिव श्याम शेर्पाले खण्डन गरेका छन्। आज खरसाङमा एक पत्रकार भेला बोलाएर सभासद श्याम शेर्पा, भागोप्रमो खरसाङ चिमनी देवराली समष्टीको सल्लाहकार प्रेम बम्जन साथै चिमनी ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङले हाम्रो पार्टीले लगाएको आरोपहरूको खण्डन गरेका छन्। यस क्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाले चिमनी ग्राम पञ्चायतमा रहेको ५ वटा सिटहरूमा भागोप्रमोले २ र हाम्रो पार्टीले ३ वटा सिटमा बिजय भएर बोर्ड गठन गरेको हो। तर हामी कोही पनि उनीहरूसित सम्पर्कमा नरहेको बताएका छन्। उनले हाम्रो पार्टी र नव निर्वाचित पञ्चायत प्रधान बिमल तामाङले आरोपहरू सही नरहेको बताउँदै अब उनीहरूले जितेको कारणले जनताको सेवा गर्नु पर्ने र हामी पनि जनताको सेवामा सदैव तत्पर रहेको बताएका छन्। उनले बिमल तामाङसित कुनै सम्पर्क नभएको तथा हामीले तेस्तो कुनै पहल नै नगरेको र कुनै योजना केही नभएको पनि बताएका छन्। सभासद श्याम शेर्पाले भागोप्रमोको पार्टी कार्यकर्ताहरू र जनता ढुक्क बस्दा हुन्छ कारण यस समष्टीको सभासद सदैव जनताको साथमा छु अनि क्षेत्रको विकास गर्नलाई सदैव तत्पर छु अनि जीटीए पनि जनताको साथमा छ भनी बताएका छन्।










