खरसाङ: भारतीय गोर्खा प्रजीतान्त्रिक मोर्चाले खरसाङमा सोमबार बिजय जुलुस निकाल्ने भएको छ। उक्त दिन नै खरसाङ खण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पञ्चयात समितिको बोर्ड गठन र शपथ ग्रहण गर्ने भएको छ। यसै विषयलाई लिएर आज खरसाङमा भागोप्रमोको सांगठनिक सभा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले सञ्चालन गरेका थिए। उक्त सभालाई मुख्य वक्ताको रूपमा भागोप्रमोको केन्द्रीय सांगठनिक सचिव एंव कार्यकारी सभासद रतन थापाले वक्तव्य राखेका थिए। उनले आफ्नो वक्तव्यमा यसपाली भएको दुई स्तरीय पञ्चायत चुनावमा पहाड़मा भागोप्रमोले राम्रोसितले जीत हाँसिल गरेको बताए। उनले पहाड़को सबै राजनैतिक दलहरू धुरिएर पनि भागोप्रमोलाई हराउनु सकेन अनि भागोप्रमोले नै जीत हाँसिल गरेकोले हामीले बिजय जुलुस निकालेर बिजय उत्सव मनाउनुपर्छ भनी बताए। थापाले सांसद राजु विष्टले ढाँटेको ढाँटेको बताउँदै अब जनताले सबै बुझिसकेको पनि बताए। सभालाई सभाध्यक्ष सुवास प्रधानले पनि वक्तव्य राखेका थिए। सभामा आगामी १४ अगस्त सोमबारको दिन खरसाङ पञ्चायत समितिमा भागोप्रमोले बोर्ड गठन गर्ने भएको छ। उक्त दिन नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङमा केन्द्रीय अध्यक्ष अनित थापाको उपस्थितिमा रैली र बिजय जुलुस निकालिने भएको छ। यसै विषयमा सभामा चर्चा परिचर्चा गरिएको छ। यसपालीको पञ्चायत चुनावमा भागोप्रमोले खरसाङको पञ्चायत समितिको ३१ वटा सिटहरूमा २३ वटा सिटमा बिजय हाँसिल गरेर सजिलै बोर्ड गठन गरेको छ। सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदहरू कल्पना प्रधान, श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, परेस तिर्की, खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, सांगठनिक सचिव राजीव थापा, पेमेन्द्र गुरुङ लगायत अन्यहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको पञ्चायत चुनावमा भागोप्रमोल बिजय हाँसिल गरेको अवसरमा खुशी बनाउन आगामी १४ अगस्तको दिन खरसाङमा बिजय जुलुस निकालिने भएको र उक्त दिन नै भागोप्रमोले खरसाङ खण्डमा पञ्चायत समितिको बोर्ड आधिकारिक रूपमा बनाउने भएको बताएका छन्।

उनले उक्त बिजय रैलीमा भागोप्रमोको केन्द्रीय अध्यक्ष अनित थापा विशेष रूपले उपस्थित हुने भएको बताएका छन्। उनकै उपस्थितिमै बिजय रैली खरसाङ बजारबाट खरसाङ खण्ड विकास कार्यालयसम्म निकालिने भएको र शपथ ग्रहणपछि रैलीसितै आएर सम्भाषण राख्ने कार्य पनि हुने बताएका छन्। सभासद एंव महकुमा सचिव प्रणाम रसाईलीले खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतमा १३ वटामा भागोप्रमोले बोर्ड गठन गरेको र खरसाङ खण्डको ३१ वटा पञ्चायत समितिको सिटमा भागोप्रमोले २३ वटा सिटमा जीत हाँसिल गरेको बताएका छन्।










