विश्व हात्ती दिवस पालन

6483761e-2992-4c3f-ae51-2a06e53eba68

कालचिनीः शनिबार बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ पूर्व र पश्चिम विभागको विभिन्न रेञ्ज अन्तर्गत बन विभागले विश्व हात्ती दिवसलाई साक्षी राखेर विभिन्न कार्यक्रमहरू सम्पन्न गऱ्यो। यस क्रममा बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ राजाभातखावामा जेएफएमसीहरूबीच फूटबल टूर्नामेन्टको आयोजना गरिएको थियो।
यसैबीच बन विभागले हात्ती र मान्छैबीचको द्वन्द्वलाई मेटाउन सचेतना कार्यक्रम पनि गऱ्यो। यस क्रममा १० जना जेएफएमसीका सदस्यहरूलाई सम्वर्द्धना पनि प्रदान गरेको थियो। यसै अवसरमा गाउँलेहरूलाई सर्च लाइट पनि प्रदान गरिएको थियो भने प्रशिक्षित हात्तीलाई सिँगार पटार गरेर हात्ती पूजाको पनि प्रदर्शन गरिएको थियो।

About Author

Advertisement